हाईकिङ गएका पैदलयात्रीको मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २६ डिसेम्बर। साइ कुङको एक हाइकिङ ट्रेलमा बेहोस अवस्थामा फेला परेका एक पुरुषको अस्पतालमा मृत्यु भएको छ।

बिहान करिब १०:३० बजे, हाई आइल्याण्ड रिजर्भोयर पूर्वी बाँधबाट बिउ चिम कोक ट्रेलमा पैदलयात्रीहरुले पालमा एक पुरुष बेहोस अवस्थामा लडिरहेको देखेका थिए।

उनीहरूले उक्त व्यक्तिलाई उल्टो परेर लडिरहेको अवस्थामा फेला पारेका थिए। जसको कुनै प्रतिक्रिया थिएन। उनीहरूले तुरुन्तै प्राथमिक उपचार गरेर सहयोगको लागि प्रहरीलाई खबर गरेका थिए।

तत्काल सरकारी फ्लाइङ सर्भिसको हेलिकप्टर घटनास्थलमा पुगेर उनलाई पामेला युडे नेथरसोल ईस्टर्न अस्पतालमा लगिएको थियो।

दुर्भाग्यवश, उपचारको क्रममा अस्पतालमा ६१ वर्षीय पुरुषको मृत्यु भएको घोषणा गरिएको स्थानीय मिडियाले जनाएको छ।

प्रहरी अधिकारीहरूले मृतकका परिवारका सदस्यहरूसँग सम्पर्क गरेर उनको जीवनकालको अवस्था बुझ्ने कोशिश गरिरहेको जनाइएको छ।





Comments

comments

128448