काठमाडौं, सामाजिक सञ्जालमा चर्चित अभियन्ता तथा अभिनेत्री आशिका तामाङलाई नेपाल प्रहरीले बुधबार दिउँसो स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले दिएको जानकारी अनुसार, पशुपति क्षेत्र विकास कोषको जाहेरीको आधारमा तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कार्यालयमा राखिएको छ।
प्रहरी स्रोतका अनुसार, यस घटनाको अनुसन्धान जारी रहेको र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइने जानकारी दिइएको छ।