२१ वर्षीया युवती गेष्ट हाउसमा मृत फेला..

काठमाडौंको ठमेलस्थित एक गेष्ट हाउसमा एक युवतीको रहस्यमय मृत्यु भएको छ।

-

प्रहरीका अनुसार, ड्रिङ्किङ ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा रसुवाको तातोपानी निवासी २१ वर्षीया समिरा तामाङको शव फेला परेको छ। गएराति फेला परेको शवको अवस्था र घटनाको प्रकृतिले यो मृत्यु शङ्कास्पद रहेको प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ र फोरेन्सिक जाँच समेत गरिँदैछ। मृतकका परिवारजनलाई घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।





Comments

comments

128891