बालयौन दुरुपयोगको आरोपमा मदन राई दोषी ठहर

काठमाडौं, बालयौन दुरुपयोगको आरोपमा मदन राई दोषी ठहर भएका छन्। जिल्ला अदालत खोटाङले उनलाई दोषी ठहर गरेको हो।

कृषि विज्ञका रूपमा परिचित र आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ का बालबालिकामाथि यौन दुर्व्यवहार गरेकोमा जिल्ला अदालत खोटाङले मदन राईलाई दोषी ठहर गरेको छ।

फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय राईलाई इजलासले माघ २५ गते कति सजाय दिने भनेर निर्धारण गर्नेछ।





Comments

comments

128888