Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
क्याथे विमानभित्र झगडा गर्ने यात्रु २ लाख डलर धरौटीमा रिहा.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

क्याथे विमानभित्र झगडा गर्ने यात्रु २ लाख डलर धरौटीमा रिहा..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ६ फेब्रुअरी। क्याथे प्यासिफिक विमानमा झगडा गरेको आरोपमा पक्राउ परेका मुख्य भूमि चीनकी ६० वर्षीया महिला र हङकङकी ३२ वर्षीया महिलालाई बुधबार वेस्ट काउलुन म्याजिस्ट्रेट अदालतले जमानतमा रिहा गरेको छ।

आरोपी झाङ र त्सुईलाई एभिएसन सुरक्षा अध्यादेश उल्लंघन गरेको आशंकामा गत महिना हिरासतमा लिइएको थियो।

जापानको साप्पोरोबाट हङकङतर्फ उडिरहेको क्याथे प्यासिफिक विमानमा दुई महिला यात्रुबीच भएको झगडापछि उनीहरूमाथि अशान्ति मच्चाएको आरोप लागेको छ।

जनवरी ६ मा उडान सीएक्स५८१ मा दुई जनाबीच विवाद भएको थियो। झाङ आफूसँग यात्रा गरिरहेको तीन वर्षीय बच्चाको रुवाईले चिढिएकी थिइन्। झाङको पछाडि बसेकी त्सुईले उनीमाथि पानीको बोतल फालेकी थिइन्।

यो स्थिति शारीरिक झडपमा परिणत भएको थियो। झगडाको क्रममा त्सुईले झाङको माथिल्लो शरीरमा सिरानीले हिर्काइन्, र झाङले पनि सिरानी फर्काइन्।

कार्यवाहक प्रमुख म्याजिस्ट्रेट एन्डी चेङ लिम-चीले सुनुवाईमा मुद्दालाई मार्च १२ सम्म स्थगित गरेका छन्। ३२ वर्षीया सुईलाई ३ हजार हङकङ डलर धरौटीमा रिहा गरिएको छ भने ६० वर्षीया झाङको धरौटी बढाएर २ लाख हङकङ डलर पुर्‍याइएको छ। र उनलाई मुख्य भूमि चीन जान अनुमति दिइएको छ।





Comments

comments

129075