निजी विमान दुर्घटनामा चार जनाको मृत्यु

फिलिपिन्सको दक्षिणी प्रान्त मगुइन्दानाओ देल सुरमा बिहीबार एउटा निजी विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

अम्पातुआन नगरपालिकाको बारांगे मलातिमोनमा दिउँसो करिब २ बजेतिर भएको यस दुर्घटनामा चार जना यात्री र एउटा कराबाओ (पानी भैंसी) को मृत्यु भएको डेली ट्रिब्यूनले जनाएको छ।

आगामी मेयर रसुल सांगकीका अनुसार अम्पातुआन नगर प्रहरी कार्यालयका कर्मचारीहरूले मृतकहरूको पहिचान गर्ने कार्य गरिरहेका छन्।

तस्विरहरूमा दुर्घटनाग्रस्त विमानको अवशेष र घटनास्थलमा जम्मा भएका स्थानीयवासीहरू देख्न सकिन्छ।
तस्विरः सामाजिक सञ्जाल फेसबुक/ झो उपम





Comments

comments

129072