Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

काठमाडौँ । ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई जन नेपाली नागरिकको उद्धार गरिएको छ।

विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पा लामो समयदेखि युक्रेनको मिकोलाइभस्थित एमसीसी डिटेन्सन केन्द्रमा थुनामा थिए।

यी दुवै नेपाली नागरिक दलालको बहकाउमा परी नयाँ दिल्लीस्थित एक शैक्षिक परामर्श केन्द्रमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका थिए।

युक्रेनी सेनाले बुधवार उनीहरूलाई माल्दोभामा हस्तान्तरण गरेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा उनीहरू टर्किस एयरलाइन्सको उडान नम्बर TK274 मार्फत शुक्रवार दिउँसो काठमाडौं आइपुग्ने छन्।

यस उद्धार कार्यमा जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती, नियोग उपप्रमुख सागर फुयाल, एनआरएनए आईसीसी सदस्य चिरन शर्मा र संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत लगायतको महत्वपूर्ण भूमिका रहेको छ।

एनआरएनएका अध्यक्ष डा. बद्री केसीले यस सफल उद्धार कार्यमा संलग्न सबै पक्षप्रति आभार व्यक्त गरेका छन्।





Comments

comments

129069