Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
मोटरसाइकलबाट उछिट्टिएर रोहित राना त्रिशूली नदीमा बेपत्ता, खोज्न गोताखोर परिचालन.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

मोटरसाइकलबाट उछिट्टिएर रोहित राना त्रिशूली नदीमा बेपत्ता, खोज्न गोताखोर परिचालन..

काठमाडौं। मोटरसाइकल दुर्घटनामा परी त्रिशूली नदीमा बेपत्ता भएका भारतीय सेनामा कार्यरत २७ वर्षीय रोहित रानालाई खोज्न गोताखोर परिचालन गरिएको छ।

नारायणगढ-मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका-५ मा बिहान करिब साढे ११ बजे यो दुर्घटना भएको हो। राना एक्लै काठमाडौंतर्फ जाँदै गर्दा उनको मोटरसाइकल सडक छेउको डिभाइडरमा ठोक्किएको र उनी त्रिशूली नदीमा खसेको स्थानीय साक्षीहरूले बताएका छन्।

घटनास्थलमा तत्काल पुगेको प्रहरीले उनको पर्स, कागजात, लुगा र जुत्ता बरामद गरेको छ। सशस्त्र प्रहरी बलको विशेष गोताखोर टोलीले उनको खोजी कार्य तीव्र पारेको छ।

लमजुङ मूल घर भई हाल चितवनको भरतपुर महानगरपालिका-१ रामपुरमा बस्दै आएका रानाको परिवारजन घटनास्थलमा पुगिसकेका छन्।





Comments

comments

129196