महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो

काठमाडौँ । बाग्मती सफाइ महाअभियानको ६१६औँ हप्ताका अवसरमा महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरिएको छ ।

]
सफाइ अभियानकर्मी, अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, स्थानीय सङ्घसंस्था, तिलगङ्गा महिला समूहलगायतको उपस्थितिमा फोहर सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । त्यस क्रममा पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको उनले बताए ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई सफा राख्न तिलगङ्गा महिला समूहले एकमहिने अभियान सञ्चालन गरेको थियो । बाग्मती सफाइ महाअभियानको ६१४औँ हप्ताको सफाइ पनि पशुपति क्षेत्रमै गरिएको थियो ।





Comments

comments

129478