विन्दा पाण्डेको ‘भूइँमान्छे’ विमोचन

झापा, लेखक विन्दा पाण्डेको ‘भूइँमान्छे’ नामक कृतिको सुखानी सहिद स्मृति पार्कमा विमोचन भएको छ।

पाण्डेले विसं २०२८ को झापा विद्रोहदेखि २०४६ सालसम्म किसान, मजदुरहरूदेखि सर्वहारा वर्गले आन्दोलन सफल पार्न गरेको सहयोगमा आधारित पुस्तक भएको बताइन्।

पुस्तकमा ‘कोअर्डिनेसन’ केन्द्रदेखि माले हुँदै नेकपा (एमाले) सम्मको राजनीतिक यात्रा, आन्दोलन र सो बेला योगदान पुर्‍याउने कार्यकर्ताका बारेमा पुस्तकमा रहेको बताइन्।

कृतिको ५२ औँ सुखानी स्मृति दिवसमा सहादतस्थल सुखानीमै विमोचन गरिएको उनको भनाइ छ। कृतिको विमोचन तत्कालीन नेकपा मालेका आश्रयदाता टेकबहादुर राई र भक्तबहादुर आलेले गरेका हुन्।





Comments

comments

129596