हङकङमा भारी वर्षा, एम्बर रेनस्टर्म वार्निङ सिग्नल जारी..!

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १५ मार्च ।
हङकङमा कतै भारी वर्षा, कतै पऱ्यो असिना..!!
अपडेटः ताई पोमा दिउँसो करिब ३:२० बजे असिना परेको छ। छोटो समयमै हङकङका केही क्षेत्रहरूमा पनि असिना पर्न सक्ने सम्भावना रहेको छ। मौसम विभागले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न र बाहिर निस्कनु परेमा सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको छ।

हङकङको मौसम विज्ञान विभागले आज दिउँसो ३:०० बजे एम्बर रेनस्टर्म वार्निङ सिग्नल जारी गरेको छ। यो चेतावनीले हङकङमा भारी वर्षा भइरहेको वा एक घण्टामा ३० मिलिमिटर भन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार यस्तो भारी वर्षाका कारण निम्न भू-भाग र पानीको निकास राम्रो नभएका क्षेत्रहरूमा बाढी आउन सक्ने जोखिम रहेको छ। त्यसैले यस्ता क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

भारी वर्षाले एक्कासी बाढी आउन सक्ने भएकोले जलप्रवाह क्षेत्रबाट टाढा रहन र बाढीको जोखिममा रहेका व्यक्तिहरूलाई क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

यातायात अवस्था र थप जानकारीका लागि रेडियो सुन्न वा टेलिभिजन हेर्न सम्बन्धित निकायले आग्रह गरेको छ।





Comments

comments

129771