भाजपा नेताको गोली हानी हत्या

काठमाडौं । भारतको हरियाणा राज्यको सोनीपत जिल्लामा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता सुरेन्द्र जवाहराको होली पर्व गए राति छिमेकीबाट निर्मम हत्या भएको छ।

होलीको रंगीन उत्सवको दिन परिवार र कार्यकर्तासँग रमाइलो गरेर फर्किएका जवाहरालाई राति करिब ९ बजे आफ्नै छिमेकीले तीन राउण्ड गोली प्रहार गरी हत्या गरेका हुन्। घटनास्थलको सीसीटीभी फुटेजमा देखिए अनुसार, जवाहराले आफ्नो ज्यान बचाउन नजिकैको एक पसलमा शरण लिने प्रयास गरेका थिए। तर आक्रमणकारीको क्रूर मनसायले उनको जीवन लिएको देखिन्छ।

स्थानीय प्रहरीका अनुसार यो घटना पुरानो विवादको परिणाम हुन सक्ने आशंका गरिएको छ । जवाहराको पार्थिव शरीर खानपुर कलान गाउँस्थित फूलसिंह सरकारी महिला मेडिकल कलेज अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ।





Comments

comments

129767