फूलबुट्टे सर्ट र पाइन्ट लगाएका व्यक्ति हङकङ स्टार फेरीको समुद्रमा खसे, उद्धारपछि मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १५ मार्च। शनिबार बिहान चिम शा चुई नजिकैको पानीबाट उद्धार गरिएका एक व्यक्तिको अस्पतालमा मृत्यु भएको छ।

चिम शा चुईको सालिस्बरी रोडमा रहेको स्टार फेरी टर्मिनलको क्लक टावर नजिकै बिहान ८:१४ बजे एक फेरी कर्मचारीले पानीमा एक व्यक्ति तैरिरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना पाउने बित्तिकै प्रहरी र दमकलकर्मीहरू घटनास्थलमा पुगी बेहोस अवस्थामा रहेका ती व्यक्तिको उद्धार गरेका थिए।

उनलाई तत्काल क्वीन एलिजाबेथ अस्पताल लगिएको थियो, जहाँ बिहान ८:४१ बजे उनको मृत्यु भएको घोषणा गरियो। प्राप्त जानकारी अनुसार ती व्यक्ति फेरी टर्मिनलमा हुँदा समुद्रमा खसेको आशंका गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। घटनाको कारण र पहिचान पत्ता लगाउने प्रयास भइरहेको छ।

अस्पताल लगिँदा ती व्यक्तिले फूलबुट्टे सर्ट र पाइन्ट लगाएका थिए।





Comments

comments

129762