बेलायतमा नेम्वाङले पत्रकारको चरित्रहत्या गरेपछि..

लन्डन संवाददाता, एचकेनेपाल डट कम-
लण्डन, ब्रिटिस गोर्खा सत्यग्रह संयुक्त संघर्ष समितिले आफ्नो संगठनसंग जोडेर बेलायतका पत्रकार नवीन पोखरेलको चरित्रहत्या गरेकामा आपत्ति प्रकट गरेको छ।

समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बिहीबार एक वक्तव्य जारी गर्दै सूर्य नेम्वाङ नामक व्यक्तिले सामाजिक सञ्जालमा ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके–नेपालसँग नाम जोडेर पत्रकार पोखरेलको चरित्र हत्या गरेकोप्रति घोर आपत्ति जनाएका हुन्।

समितिले अहिलेसम्म कुनै पनि सञ्चारकर्मीलाई आर्थिक सहायता प्रदान गर्ने वा प्रलोभनमा पार्ने काम गरेको छैन भन्दै वक्तव्यमा आफैँ चन्दा सङ्कलन गरेर जेनतेन चलिरहेको संगठनले पत्रकारलाई मासिक तलब खुवाएको भन्ने हास्यास्पद आरोप तल्लो स्तरको मनोगत सोचबाहेक केही नभएको उल्लेख छ।

वक्तव्यमा आधारहीन लाञ्छना लगाएर पोखरेलजस्ता कलमजीवीहरूको मनोबल गिराउन खोज्ने सूर्य नेम्वाङको कार्य निन्दनीय र भर्त्सनायोग्य छ भनिएको छ।

‘निस्वार्थ पत्रकारिता गरिरहेका पत्रकार पोखरेललाई सूर्य नेम्वाङ ठगी काण्डमा पक्राउ परेको सत्य तथ्यगत समाचार लेखेकै कारण निच र सतही आरोप लगाउनुको पछाडि उनी कोहीबाट सञ्चालित छन् भन्ने स्पष्ट छ’, वक्तव्यमा छ, ‘यसबाट भ्रममा नपर्न सबैलाई अनुरोध गर्दै समिति सामाजिक सञ्जालमा आएका कमेन्ट र नेम्वाङको आरोपको कडा शब्दमा खण्डन गर्दछ। साथै गोर्खा आन्दोलनमा पत्रकार पोखरेलले पुर्‍याएको अतुलनीय योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्दछौँ।’





Comments

comments

129759