यू टर्न गर्ने बेला ट्याक्सी भिरबाट खस्यो..

यू टर्न गर्ने बेला ट्याक्सी भिरबाट खस्यो

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २३ मार्च । हङकङको सायगुङ क्षेत्रमा शनिवार दिउँसो एक ट्याक्सी भिरबाट खस्यो। साय वान रोडमा एक ट्याक्सी यू टर्न लिने क्रममा नियन्त्रण गुमाएर भिरबाट तल खसेको थियो।

तर, ट्याक्सी भिरबाट खसे पनि ६६ वर्षीय चालक वुलाई सामान्य चोटपटक मात्र लागेको छ। उनको टाउको, घाँटी र कम्मरमा चोट लागेको र उनलाई तत्काल अस्पताल लगिएको छ।

दुर्घटनाको सीसीटीभी फुटेजमा देखिए अनुसार रातो रंगको ट्याक्सीले दायाँतर्फ मोड्ने क्रममा अचानक नियन्त्रण गुमाएर खसेको थियो। ट्याक्सीले वरपरका रुखहरू थिचेर अन्ततः ढुंगामा अड्किएर रोकिएको थियो।

सामाजिक सञ्जालमा शेयर भएको भिडियोमा प्रयोगकर्ताहरूले यस घटनालाई ‘हलिउड स्टन्ट’ र ‘क्रेजी ट्याक्सी’ को संज्ञा दिएका छन्।

प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा चालकले गल्तीले एक्सिलेटर थिचेको हुन सक्ने आशंका गरिएको छ।

फोटोः एचके०१ डट कम ।





Comments

comments

129936