भूकम्पबाट मृत्यु हुनेको संख्या १५४ पुग्यो

बैंकक। शुक्रवार दक्षिण-पूर्वी एसियामा आएको शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनहरूले म्यानमार र थाइल्यान्डमा ठूलो क्षति पुर्‍याएको छ। म्यानमारमा १४४ जना र बैंककमा १० जनाको मृत्यु भएको छ।

म्यानमार मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार ७.७ म्याग्निच्युडको पहिलो भूकम्पपछि कम्तीमा १४ वटा पराकम्पन महसुस गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले मृत्यु संख्या १०,००० नाघ्न सक्ने चेतावनी दिएको छ।

म्यानमारको सैन्य सरकार प्रमुख वरिष्ठ जनरल मिन आङ ह्लाइङले नेपिडाउ र प्रभावित क्षेत्रहरूमा आपतकालीन अवस्था घोषणा गरेका छन्। उनका अनुसार ७३० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

बैंककमा एउटा निर्माणाधीन बहुतले भवन भत्किँदा १६ जना घाइते भएका छन् भने १०१ जना बेपत्ता छन्। थाई प्रधानमन्त्रीले आपतकालीन बैठक बोलाएर राहत कार्यको समन्वय गरिरहेका छन्।

म्यानमारमा जारी गृहयुद्धका कारण उद्धार कार्यमा कठिनाई भएको छ। नेपिडाउमा भवनहरू भत्किएका र पूर्वाधारमा क्षति पुगेका तस्विरहरूले मानवीय संकट झन् गम्भीर बनेको देखाउँछन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

130051