म्यानमारको भूकम्पमा १५ जना नेपालीको मृत्यु: एनआरएनएद्वारा सहयोगको घोषणा

काठमाडौँ । म्यानमारमा गएको विनाशकारी भूकम्पमा परेर १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले यो दुःखद खबर सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् ।

भूकम्पबाट प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको लागि एनआरएनएले तत्काल राहत कोषको व्यवस्था गरेको छ । संघले एनसीसी म्यानमारमार्फत १० लाख रुपैयाँको सहयोग घोषणा गरेको छ ।

“विनाशकारी भूकम्पमा १५ जना गैरआवासीय नेपाली सहित म्यानमारका जनताको मृत्यु भएकोमा हामी अत्यन्तै दुःखी छौँ,” केसीले सामाजिक सञ्जालमा लेखेका छन् ।

एनआरएनएले विश्वभरका सबै एनसीसीहरूलाई थप रकम सङ्कलन कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ । “हामी साँच्चै विश्वभरका नेपालीद्वारा नेपालीको लागि योगदान गर्न चाहन्छौँ,” केसीले भनेका छन्।

एनआरएनएले म्यानमारमा रहेका अन्य नेपालीहरूको अवस्था पनि नजिकबाट निगरानी गरिरहेको जनाएको छ।





Comments

comments

130071