हङकङले पठायो म्यानमार भूकम्प पीडितको लागि उद्धार टोली, ३० मिलियन हङकङ डलर सहयोग..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २९ मार्च। हङकङका मुख्य कार्यकारी जोन ली का-चिउले म्यानमारको भूकम्प प्रभावित क्षेत्रमा ५१ जना आपतकालीन कर्मचारी र दुई खोज तथा उद्धार कुकुर सहितको टोली पठाएको जानकारी दिएका छन्।

विमानस्थलमा बिदाई कार्यक्रममा बोल्दै लीले उद्धारकर्मीहरू र उनीहरूका परिवारको समर्थनप्रति कृतज्ञता व्यक्त गरे। उनले भने, “आपतकालीन र संकटको समयमा तपाईंहरूले देखाउनुभएको साहस र निस्वार्थता हङकङको गौरव हो।”

सरकारले म्यानमारको उद्धार मिसनको लागि ३० मिलियन हङकङ डलर आपतकालीन राहत कोष छुट्याएको छ।





Comments

comments

130074