सिरियामा इजरायली आक्रमणको निन्दा

न्युयोर्क । सिरियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत गियर पेडरसनले सिरियामा इजरायलले निरन्तर रुपमा गरेको सैन्य परिचालन तथा आक्रमणको निन्दा गरेका छन्।

उनले मानवता विरोधी कार्यको विरोध गर्दै आक्रमणका कारण निर्दोष नागरिकले ज्यान गुमाउनु परेको बताए । त्यस्ता क्रियाकलापले यस क्षेत्रको शान्ति तथा नयाँ सिरिया निर्माण प्रयासलाई कमजोर बनाई संवेदनशील समयमा सिरियालाई अस्थिर बनाउने पेडरसनले विज्ञप्तिमार्फत जनाएका छन् ।

विशेष दूतले इजरायललाई यस्ता आक्रमणहरू रोक्न आह्वान गर्दै यस्ता आक्रमणले अन्तर्राष्ट्रिय कानूनको पालना गर्दै सिरियाको सार्वभौमिकता र विद्यमान सम्झौताहरूको सम्मान गर्न एकपक्षीय आक्रमण रोक्न आह्वान गरेका हुन्।

सम्बन्धित पक्षलाई सुरक्षा सुनिश्चित गरी थप तनाव रोक्न कूटनीतिक समाधान र संवादलाई प्राथमिकता दिनसमेत विशेष दूतको आग्रह छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

130242