हङकङको ट्राम यात्राको भाडा बढ्ने..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ९ अप्रिल। हङकङको ऐतिहासिक ट्राम सेवाको भाडा आगामी मे १२ देखि बढ्ने भएको छ। वयस्कको लागि भाडा ३ हङकङ डलरबाट बढेर ३.३० डलर पुग्नेछ भने बालबालिका र जेष्ठ नागरिकको लागि १.५० बाट १.६० डलर हुनेछ।

-

यो भाडा वृद्धिले ट्राम कम्पनीको दिगो सञ्चालनमा सहयोग पुग्ने सरकारको विश्वास छ। तर पनि हङकङ आइल्यान्डको उत्तरी तटमा यो सबैभन्दा सस्तो यातायात साधन रहने जनाइएको छ।





Comments

comments

130367