हतकडीसहित फरार भईन् मानव बेचबिखनकी अभियुक्त..

सुदूरपश्चिम । मानव बेचबिखन अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१की ५० वर्षीया मीना शाही दमाई आज हतकडीसहित फरार भएकी छन्।

-

मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आज धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा उनलाई पुर्‍याएको थियो । तर उनी हतकडीसहित फरार भएकी हुन्।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले प्रहरी टोलीले म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुयाएको वेला शाही फरार भएकी बताए । आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको जाहेरी परेपछि उनलाई वैशाख ४ गते प्रहरीले पक्राउ गरेको थियो।





Comments

comments

130839