स्याङजा लामडाँडा अग्नीपीडितलाई हङकङबासीबाट १२ लाख ४० हजार सहयोग

भुपाल गुरुङ / एचकेनेपाल डट कम –
पोखरा, ४ असार । आगालागीबाट गाँउ नै ध्वस्त भएको स्याङजा मनकामना ७ लामडाँडा गाँउ पुर्ननिर्माणका लागि हङकङवासी नेपालीले ठूलो रकम सहयोग गरेका छन् ।

हङकङवासी नेपालीहरुले लामडाँडा अग्नीपीडितहरुका लागि नगद १२ लाख ४० हजार रुपैयाँ प्रदान गरेका हुन् । स्याङजा माझकोट ७ सिंगरकोट घर भई हाल हङकङको बिभिन्न संघसंस्थामा रहेर सामाजिक कार्यमा अग्रसर तथा संचारकर्मी मुककाजी गुरुङको बिशेष पहलमा उक्त रकम संकलन भएको हो ।

जस मध्ये तमु प्ये ल्हु संघ हङकङ, हङकङ र मकाउ र विभिन्न नेपालका व्यक्तिबाट ५ लाख ६० हजार, भिरकोट आठथर तमु समाज हङकङको तर्फबाट ६ लाख ८० हजार रुपैयाँ रहेको छ ।

यसरी हङकङबाट संकलित उक्त सम्पूर्ण रकम “गोर्खा वेल्फेयर स्कीम, एरिया वेल्फेयर सेन्टर, स्याङ्जाका वेल्फेयर अफिसर क्याप्टेन पिम गुरुङले अग्नीपीडितहरुलाई वितारण गर्नुभएको थियो ।

एकद्धवार प्रणालीबाट राहत वितारण गरिने सरकारी नियम अनुसार राहत रकमको चेक लामडाँडा दैविक प्रकोप समितिका संयोजक एवं गाविस सचिव डिल्लीराम चापागाँईलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा क्याप्टेन पिम गुरुङले राहत संकलन पहलकर्मी गुरुङले हङकङ्गबाट पठाउनुभएको सन्देश समेत पढेर सुनाउनुभएको थियो । रकम वितारण गर्दै गुरुङले राहत रकम सहि सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हङकङबाट संकलित रकमले अग्नीपीडितहरुको घाउमा मलाम लगाउन टेवा पुग्ने दावी समेत गर्नुभयो ।

त्यसैगरी स्थानीय समाजसेवी एवम लेफ्टीनेट चौ बहादुर गुरुङले अग्नीपीडितका नाममा आएको रकमलाई दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभयो । उहाँले आगालागीबाट ध्वस्त बनेका घरहरु छिट्टै पुर्ननिर्माण हुने बताउदै यसका लागि प्राविधिक तयारी भइरहेको जानकारी दिनुभयो ।

राहत वितारण कार्यक्रममा बोल्दै लामडाँडा दैविक प्रकोप समितिका संयोजक एवम गाविस सचिव डिल्लीराम चापागाँईले गाँउलाई नमुना गाँउको रुपमा पुर्ननिर्माण गरिने बताउनुभयो । उहाँले हाल बर्खायाम भएकाले भदौँ दोस्रो सातादेखि घर निर्माण गर्न शुरु गर्ने योजना रहेको जिकिर गर्नुभयो ।

पत्रकारहरु समेत उपस्थित कार्यक्रम लामडाँडा दैविक प्रकोप समितिका सचिव धन बहादुर थापाले संचालन गर्नुभएको थियो ।

गत बैशाख १८ गते आँगलागीबाट २३ घर पूर्ण रुपमा नष्ट भएको थियो । आगालागीबाट नष्ट भएका घर निर्माणका लागि करिव १ करोड १५ लाख लाग्ने अनुमान गरिएको छ । हालसम्म विभिन्न देश विदेश संघसंस्था व्यक्तिहरुबाट करिव ५१ लाख संकलन भईसकेको समितिले जनाएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

13089