Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

Live: गोरखा सत्याग्रह आन्दोलन तथा ब्रिटिश गोरखा नेपाली नागरिकतासम्बन्धी हङकङमा विशेष जानकारीसभा (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता –
१८ जुन, हङकङ। स्वतन्त्र ब्रिटिश भूपू गोरखा सैनिक हङकङले गोरखा सत्याग्रह आन्दोलन तथा ब्रिटिश गोरखा नेपाली नागरिकता अभियानसम्बन्धी अन्तर्क्रिया (जानकारी सभा) कार्यक्रम शनिवार सम्पन्न गरेको छ।

गोरखा र तिनका परिवारको हक अधिकार प्राप्तिको लागि आन्दोलनरत गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके/नेपालका प्रमुख संयोजक सन्तोष थलङको विशेष उपस्थितिमा जानकारीसभा भएको हो।

जानकारीसभामा प्रमुख संयोजक थलङले प्रस्तुत गरेका महत्वपूर्ण भनाईहरु जस्ताका तस्तै लाइभ भिडियोमा हेर्नुहोस् लाईभ भिडियो एचकेनेपाल डट कमका लागि जगतअम्बु गुरुङबाट….

हङकङमा पनि समिति गठन
गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके/नेपालका प्रमुख संयोजक सन्तोष थलङको उपस्थितिमा गोरखा सत्याग्रह आन्दोलन तथा गोरखा नागरिकता अभियान हङकङको गठन भएको छ।

समितिको संयोजकमा नरेनकुमार राई र सहसंयोजकमा अबिचन्द्र इङ्गनाम रहेका छन्। त्यसैगरी सचिवमा अमोद राई र कोषाध्यक्षमा रत्न खिम्दिङ रहेका छन्।

सदस्यहरुमा दिल पालुङ्वा, भिम लिम्बू, रिता लिम्बू, पासाङ् शेर्पा, हर्क साँवा, भिम थलङ, ललित थलङ र मिना लिम्बू रहेका छन्। त्यसै गरी कानुनीसल्लाहकारमा ईन्द्र वनेम रहेका छन्।





Comments

comments

Leave a Reply

13073