Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
मिस पूर्वाञ्चलका सहभागीहरुद्वारा ट्यालेण्ट प्रस्तुत – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मिस पूर्वाञ्चलका सहभागीहरुद्वारा ट्यालेण्ट प्रस्तुत


एचकेनेपाल डट कम संवाददाता –
धरान, मिस पूर्वाञ्चल २०१६ मा सहभागीहरुले आ आफ्नो ट्यालेण्ट प्रस्तुत गरेका छन् ।

मोरङको विराट चौकमा आयोजित कार्यक्रममा उनिहरुले आ आफ्नो ट्यालेण्ट प्रस्तुत गरेका हुन् ।

इन्द्रपुर जेशिजको स्थानीय व्यवस्थापनमा भएको कार्यक्रममा सहभागीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरिरहदा दर्शकहरु उत्साही भएका थिए ।

जेशिज हलमा सम्पन्न कार्यक्रममा सहभागीहरु अधिकांशले नेपाली पुरान गीतहरुमा नृत्य गरेका थिए भने केहीले अभिनय तथा कला समेत प्रस्तुत गरेका थिए ।

सहभागीहरुले सवैको प्रतिभा कोही भन्दा कम नहुदा निर्णायकहरुलाई जजमेन्ट गर्न निक्कै हम्मे हम्मे भएको थियो ।

मिस ट्यालेन्टको लागि भएको कार्यक्रममा निर्णायकको रुपमा फरक क्षमता भएकी निलम ढुङ्गाना , गायिका यमुना पराजुली, कलाकार जेवी थुलुङ, सामाजसेवी राजेश थापा , मिस पूर्वाञ्चल २०१५ की फस्ट रनर अप तथा मिस ट्यालेण्ट अनु राई र सेकेण्ड रनरअप प्रमिसा बज्रचार्य रहेका थिए ।

प्रतियोगिताका सहभागी तथा निणार्यकहरुलाई स्थानिय संयोजक इन्द्रपुर जेशिजले भव्य स्वागत समेत गरेको थियो । यस अघि प्रतियोगीहरुले पूर्वाञ्चल लिव ओयल प्रालिको विराट चौकस्थित उद्योगको अवलोकन गरेका थिए । उद्योगमा पुगेका प्रतियोगीहरुलाई प्रालिका कन्ट्र म्यानेजर विनोद भट्टराईले प्रालिले उत्पादन गर्नै लुब्रीकेन्टको बारेमा जानकारी गराएका थिए ।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

13069