Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतका नेपालीबाट स्व. अम्बर गुरुङप्रति श्रद्धाञ्जलि

राजु सुब्बा / एचकेनेपाल डट कम –
विश्व नेपाली साहित्य महासङ्घ र नेपाली राजदूतावासको संयुक्त आयोजनामा राजदूतावासको सभाकक्षमा राष्ट्रिय गायक स्व. अम्बर गुरुङप्रति श्रद्धाञ्जलिस व्यक्त गरिएको छ।

स्व. गुरुङको फोटोमा माल्याअर्पण गरी शुरु भएको समारोहमा सङ्घसंस्थाका प्रतिनिधि तथा सहभागी सबैले पुष्प गुच्छा र खादा चढाएलगतै एक मिनेट मौन धारणा गरिएको थियो ।

गुरुङको सम्मान र सम्झनामा उहाँद्धारा संगीतबद्ध राष्ट्र गान र गुरुङको स्वर र संगीत रहेको देशभक्ति गानहरु बजाइएको थियो । स्व. गुरुङको जीबनी बारे टेक बहादुर थापा राजेशले बोल्नु भयो ।

त्यस्तैगरी एक दर्जन कविहरुले गुरुङमा समर्पण गरि लेखिएका कविता तथा मुक्तकहरु वाचन गर्नुभयो । गायक थिर थापामगरले स्व. गुरुङद्धारा संगीतबद्ध रातो र चन्द्र सूर्य जंगी निशाना हाम्रो र ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो गीत गिटारसंगै गाउनु भएको थियो ।

प्रोफेसर तथा कवि सुमाया राई, डा. चन्द्र बहादुर गुरुङ, विजय हितान, भोज बहादुर बराल, राजेन्द्र क्षेत्री, कर्म पहाडी शेर्पा, क्षेत्रकला राई, सईन्द्र थापा, दिप गिरी, निश्चल दाहाल, शैन्द्र थापा, शंकर दाहाल लगायतले सिर्जना वाचन साथै श्रद्धाञ्जलि मन्तब्य राख्नुभयो । सभामा विभिन्न १० संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

सन् २६ फेब्रुवरी १९३८, दार्जिलिङ्गमा जन्मनु भएका गुरुङको गत ७ जुन २०१६ का दिन काठमाडौमा निधन भएको हो । उहालाई राष्ट्रिय सम्मानका साथ अत्येष्ठि गरिएको थियो । संगीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१मा अगमसिंह गिरीले रच्नुभएको नौ लाख तारा उदाए गाएका थिए। यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो। पछि यही गीत नेपालीले धेरै मन पराए।

उहालाई महासंगीतकारको सम्मान समेत प्रदान गरिएको छ । स्व. गुरुङ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पहिलो कुलपति समेत बन्नु भएको थियो । तत्कालिन राजाले सहयोग गर्न चाहदा पनि केही सहयोग लिन नमान्ने गुरुङले आजीवन काठमाडौंको डेरामै जीवन बिताउनु भयो त्यसैले उहालाई स्वाभिमानका स्वाभिमान भनी सम्मान गर्ने गरिन्छ । स्व. गुरुङको पूख्यौली थलो गोर्खाको रिसिङ हो भने उहा वि.स. २०२६ मा दार्जिलिङ्गबाट काठमाडौं आउनु भएको हो । उहाका गिती सङ्ग्रह र संस्मरण गरि २ पुस्तक कृति र हजारौ गीतसंगीत रहेका छन् ।

साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षतामा सम्पन्न सभाका प्रमुख अतिथि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री र अतिथि एनआरएन युरोप संयोजक कुल आचार्य लगायत रहनु भएको थियो । कार्यक्रमलाई शशि थापासुब्बा र जानुका राईले रोचकपूर्ण ढङ्गले संचालन गर्नुभएको थियो । साहित्य महासङ्घको १७ मुलुकमा २४ शाखाहरु रहेका छन र यहि १३ जुलाईमा नयाँ नेतृत्व चयन हुदैछ ।

यो पनिः
भारतलाई गीत गाएरै तर्साएका अम्बर गुरुङको यसरी भयो निधन





Comments

comments

Leave a Reply

13067