हङकङमा नेपालीले मनाए १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस..

तस्विरहरुः जगतअम्बु गुरुङ/ एचकेनेपाल डट कम

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २ मे । नेपाली कन्स्ट्रक्सन वर्कर्स युनियन हङकङको आयोजनामा १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस हिजो विहीवार जोर्डनस्थित जी-५० रेष्टुरेन्टमा भव्यताका साथ मनाइएको छ।

कार्यक्रमका प्रमुख अतिथि सत्यप्रसाद घलेको आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरुमा कल्पना राई (सुदूरपश्चिम प्रवासी नेपाली संघ), चुनी थापा (नेपालिज डोमेस्टिक वर्कर्स युनियन), होम घले, रित बहादुर गुरुङ र मोहन रानालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घलेले मे १ को ऐतिहासिक पृष्ठभूमि र वर्तमान परिस्थितिमा श्रमिकहरुको रोजगारीको विषयमा चिन्तन गर्नुपर्ने बताए।

जीवन पोमुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव टंकराज तरामुले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष ईश्वर गुरुङले गरेका थिए।

कार्यक्रममा वक्ताहरुले श्रमिकहरुको रोजगारीको विषयमा आफ्ना विचारहरु व्यक्त गरेका थिए।


थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

130899