हङकङमा बालिका बान्तावाको ‘प्याउली’ उपन्यास सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

तस्बिरहरु: जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ५ मे । हङकङको जोर्डनस्थित जी-५० रेष्टुरेन्टमा सुदूरपूर्वी प्रवासी नेपाली संघ (फियोना) को आयोजनामा बालिका बान्तावाको पहिलो कृति ‘प्याउली’ उपन्यासको सम्मान तथा बधाई कार्यक्रम आइतबार भव्य रुपमा सम्पन्न भएको छ।

प्रवासी नेपाली संघका अध्यक्ष बसन्त राई प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको कार्यक्रममा विशिष्ट अतिथिहरुमा पूर्व अध्यक्ष हिरामान राई, सत्यप्रसाद घले र दलहाङ नेम्वाङको उपस्थिति रहेको थियो।

फियोना हङकङकी आजीवन सदस्य बालिका बान्तावाको पहिलो कृति ‘प्याउली’ एकदमै सरल, सहज र स्पष्ट ढंगबाट आमनेपालीले बुझ्ने गरी लेखिएको छ भन्दै वक्ताहरुले उहाँको लेखन कार्यको प्रशंसा गर्दै निरन्तरताको कामना गरेका छन्।

फियोनाका अध्यक्ष कल्पना राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव हेमराज राईले गर्नुभएको थियो भने उपाध्यक्ष जयन्ती राईले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा पूर्व अध्यक्ष सत्यप्रसाद घलेले पुस्तक समीक्षा गर्नुभएको थियो। साहित्यकार ओपेन्द्र कोरङ्गी, साहित्यकार ज्ञानु काङवाङ, प्रमुख अतिथि विपीन राई, अध्यक्ष कल्पना राईलगायतले मन्तव्य राख्नुभएको थियो।





Comments

comments

130965