सन्तोष थलङ –
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति – युके/नेपाल (BGNCCC-UK/Nepal) ले ब्रिटिश गोर्खा समुदायको बाक्लो बसोबास रहेको आश्फोर्ड, केन्टमा १२ मे २०२५ का दिन १९ सदस्यीय “बिजिएनसिसिसि युवा तदर्थ समिति” आश्फोर्ड गठन गरेको छ।
समितिको संयोजकमा लालहाङ थलङ, सचिवमा दावा वाङ्दी शेर्पा र कोषाध्यक्षमा हेम बहादुर लिम्बू सर्वसम्मत चयन हुनुभएको छ। सदस्यहरुमा क्रमशः सुरेन्द्र माबोहाङ, मिशन थलङ, रोशन थलङ, मिनकाजी शेर्पा, बिकाश बेघा, दया लिम्बू, चन्द्र सेरेङ चोङबाङ, तेज लिम्बू, बिजय थलङ, प्रकाश चोङबाङ, चन्द्र बहादुर भुजेल, देव कुमार चोङबाङ, तारा प्रकाश साम्बा, जसबिर लिम्बू, तिल प्रसाद लिम्बू र युवराज लिम्बू रहेका छन्।
कार्यक्रममा उपस्थित युवा (भान्जा) हरूलाई बीजीएनसीसीसीका प्रमुख संयोजक सन्तोष थलङ तथा कोषाध्यक्ष मन माबोहाङले नागरिकता अभियानका बारे जानकारी गराउनु भएको थियो।
यो तदर्थ समितिले कार्यकारी समिति गठन नभइन्जेल बीजीएनसीसीसी युकेको निर्देशन अनुरूप अभियानको सम्पूर्ण काम गर्नेछ। उपयुक्त समयमा आश्फोर्डका सम्पूर्ण युवा (भान्जा-भान्जी) हरूलाई आह्वान गरी कार्यकारी समिति गठन गर्नेछ।
यसैगरी गोर्खा समुदाय रहेका बेलायतका सबै क्षेत्रहरूमा गोर्खा भान्जा-भान्जीहरूले स्वतःस्फूर्त रूपमा संगठित भई, “बीजीएनसीसीसी युवा समिति” गठन गरी यो ऐतिहासिक एवं महत्त्वपूर्ण अभियानमा सहभागी हुन बीजीएनसीसीसी -युके/नेपालले विशेष आह्वान गरेको छ।