काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवारदेखि सुरू भएको सगरमाथा संवादका अतिथिहरूको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गरेका छन्।
समारोहमा प्रधानमन्त्री ओलीले अतिथिहरूलाई स्वागत गरेका थिए । समारोहमा नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्री, विशिष्ट श्रेणीका कर्मचारीलगायत सहभागी थिए भने विभिन्न देशबाट आएका मन्त्री, नीति निर्माता, विज्ञलगायत उपस्थित थिए।
संवादमा तीन दर्जन बढी मुलुकका एक सय ७५ विदेशी पाहुना सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । संवादको उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भइ पूर्ण सत्र र समानान्तर सत्र सञ्चालन भएका थिए । सगरमाथा संवाद तीन दिनसम्म चल्नेछ।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)