न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १७ मे। हङकङमा नयाँ न्यूनतम ज्याला मे १ तारिखदेखि लागू भएको छ। श्रम विभागले जारी गरेको सूचना अनुसार मे १, २०२५ देखि प्रति घण्टा न्यूनतम ज्याला ४२.१ हङकङ डलर कायम गरिएको छ। यो नयाँ दर सबै क्षेत्रका कामदारहरूका लागि लागू हुनेछ।
रोजगारदाताले कर्मचारीको काम गरेको कुल घण्टाको रेकर्ड राख्नुपर्ने मासिक मौद्रिक सीमा पनि सोही दिनदेखि लागू हुने गरी हङकङ डलर १७,२०० प्रति महिना कायम गरिएको छ। थप जानकारीको लागि श्रम विभागको वेबसाइट https://www.labour.gov.hk/eng/news/mwo.htm मा हेर्न सक्नुहुनेछ।
–