हेगको हिरासतमा रहेका दुतेर्ते मेयर पदमा निर्वाचित..

पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते । फाइल फोटोः सीएनएन

काठमाडौं । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालतको हिरासतमा रहँदा रहँदै पनि आफ्नो गृहशहर डाभाओको मेयर पदमा निर्वाचित भएका छन्। तर उनीविरुद्ध मानवताविरुद्धको अपराधको मुद्दा चलिरहेकाले पद सम्हाल्न पाउने वा नपाउने भन्ने अनिश्चित छ।

८० वर्षीय दुतेर्तेले लागु औषध विरुद्धको अभियानको क्रममा हजारौं निर्दोष मानिसको हत्या गरेको आरोपमा हाल हिरासतमा छन्। उनको मुद्दाको अर्को सुनुवाइ सेप्टेम्बरमा हुने तय भएको छ। यदि उनले शपथ ग्रहण गर्न पाएमा, उनका छोरा सेबास्टियन दुतेर्तेले दैनिक प्रशासन हेर्ने सम्भावना रहेको छ।

दुतेर्ते परिवारले यो पद २० वर्षभन्दा बढी समयदेखि सम्हाल्दै आएको छ। दुतेर्तेलाई २०२५ को मार्च ११ मा हङकङबाट फर्किंदै गर्दा मनिला विमानस्थलबाट पक्राउ गरी हेग लगिएको थियो।





Comments

comments

131243