पूर्व बेलायती गोर्खा सैनिक नेम्वाङ नख्खु जेल चलान..

काठमाडौं । लन्डनमा बसोबास गरिरहेका भूतपूर्व बेलायती गोर्खा सैनिक सूर्यकुमार नेम्वाङलाई ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र ३२ लाख ५७ हजार ४७० रुपैयाँ फिर्ता गराउन फैसला गरेको छ।

नेम्वाङले आफूलाई वकिल भन्दै बेलायतमा आवासीय अधिकार दिलाइदिन्छु भनेर पूर्व गोर्खा सैनिकका सन्तानहरू दिलबहादुर लिम्बु, एलिसा थाम्सुहाङ र रमिला राई लगायत सयौँबाट ठूलो रकम लिएका थिए तर काम नगरी ठगी गरेको ठहर भएको हो।

अदालतका अनुसार उनले मुलुकी अपराध संहिता २०७४ को दफा २४९ बमोजिमको कसुर गरेका छन्। गत वर्ष उनी नेपाल आउँदा केही समय थुनामा परेका थिए र पछि धरौटीमा छुटेका थिए। धरौटीको ५ लाखमध्ये रू. १० हजार जरिवाना कटाएर बाँकी रकम राजश्वमा दाखिला गर्ने अदालतको आदेश छ।

नेम्वाङले बेलायतमा पनि आफूलाई ‘लिगल कन्सल्टेन्ट’ भनेर धेरै गोर्खा परिवारलाई ठगी गर्दै आएको खुलेको छ। अहिले पनि उनीविरुद्ध सम्पत्ति शुद्धीकरण आयोगमा उजुरी परेको छ। त्यसैगरी बेलायती प्रहरीले उनीमाथि ठगीको अनुसन्धान गरिरहेका छन्।





Comments

comments

131314