सप्तरीमा गोली फायरिङ, एकको मृत्यु, एक घाइते..

राजविराज, सप्तरीको सुरुंगा नगरपालिका–८ मल्हनमा टोलमा बिहीबार राति भएको डकैतीको घटनामा एक जनाको मृत्यु भएको छ । मध्यरातमा करिब १२ बजेतिर टोलमा पसेका लुटेराको समूहले लुटपाट गर्ने क्रममा स्थानीय ५० वर्षीय कान्तलाल चौधरीको गोली प्रहारबाट मृत्यु भएको हो।

-

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार, डकैतहरूले लुटपाट गर्न खोज्दा प्रतिकार गरेपछि कान्तलाल चौधरीमाथि गोली प्रहार गरेका थिए । घटनास्थलमा एउटा गोलीको खोका र तीन वटा गोली बरामद भएको प्रहरीले जनाएको छ।

सोही घटनामा मृतक कान्तलालका भाइ ४० वर्षीय रामाकान्त चौधरी पनि गम्भीर घाइते भएका छन् । दाजुको बचाउमा खटिएका रामाकान्तमाथि डकैतहरूले धारिलो हतियारले प्रहार गरेका थिए । उनको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

डकैतहरूले घरबाट करिब ५० देखि ६० हजार रुपैयाँ नगद, ५ तोला सुन र २ किलो चाँदीसहितका सरसामान लुटेर लगेको एसपी खतिवडाले बताए। प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।





Comments

comments

131560