दिल्ली जाँदै गरेको एयर इण्डियाको विमान प्राविधिक समस्याका कारण हङकङ फिर्ता..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १६ जुन। सोमबार दिउँसो दिल्लीतर्फ उडान भरेको एयर इण्डियाको विमान प्राविधिक समस्या देखिएपछि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ।

बोइङ ७८७ ड्रिमलाइनर विमान एआई-३१५ दिउँसो करिब १:०५ बजे हङकङबाट उडेको थियो। उडानको क्रममा चालक दलले सम्भावित प्राविधिक खराबीको पहिचान गरेपछि सुरक्षाको दृष्टिकोणले विमानलाई हङकङ फर्काइएको थियो। विमान दिउँसो १:१८ बजे सुरक्षित अवतरण गरेको छ।

यस घटनाबारे एयर इण्डियाले हालसम्म कुनै आधिकारिक बयान जारी नगरेको द स्टान्डर्ड हङकङले जनाएको छ।

यो समस्या गत बिहीबार (जुन १२) अहमदाबादबाट लण्डनतर्फ उडान भरेको एयर इण्डियाकै अर्को बोइङ ७८७ ड्रिमलाइनर दुर्घटनाग्रस्त भएको केही दिनपछि भएको हो। उक्त दुर्घटनामा विमानमा सवार २४१ यात्रु तथा चालक दलका सदस्यमध्ये एक यात्रु चमत्कारिक रूपमा बाँच्न सफल भएका थिए।





Comments

comments

131690