हङकङ बस दुर्घटनामा १३ जना घाइते..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ९ जुलाई। साउ माउ पिङमा आज बिहान भएको डबल डेकर बस र ट्रक बीचको ठक्करमा कम्तिमा १३ जना घाइते भएका छन्।

यो दुर्घटना बिहान करिब ९:३० बजे लिन टाक रोड र साउ माउ पिङ रोडको चोकमा दुवै सवारी साधन एक अर्कासँग ठोक्किँदा भएको थियो।

घाइते हुनेहरूमा दुवै चालक र ११ जना बसयात्रु रहेका छन्। घाइतेहरुलाई उपचारका लागि युनाइटेड क्रिश्चियन अस्पतालमा लगिएको छ। प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गरिरहेको छ।





Comments

comments

131967