न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ९ जुलाई। हङकङको मोङ कोकमा आज बिहान सडक दुर्घटना परेर एक महिला मोटरसाइकल चालकको मृत्यु भएको छ।
बिहान ५० वर्षीया एक महिला मोटरसाइकल चालक आर्गाइल स्ट्रिट हुँदै ताई कोक त्सुई दिशातर्फ यात्रा गरिरहेका थिइन्। त्यही समयमा टोङमीतो रोड चौराहामा पुग्दा शाम शुई पो दिशातर्फ गइरहेको एक ट्याक्सीसँग ठोक्किन पुगिन्।
हावामा उछिट्टिएर सडकको बीच भागमा खसेकी महिलालाई मालवाहक ट्रकको पछाडिको पाङ्ग्राले किचेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएकोछ। घटनास्थलमा उनी बेहोस अवस्थामा फेला परेकी थिइन्।
प्याराम्याडिक्सहरू तुरुन्तै घटनास्थलमा पुगे र महिलालाई क्वाङ वा अस्पताल लगेका थिए। तर, गम्भीर चोटका कारण उनको मृत्यु भएको पुष्टि गरिएको छ।
घटनास्थलमा ट्रकको नजिकै रगतको थोप्ला र मोटरसाइकल नजिक जुत्ता, सफाइ पञ्जा, टेप लगायतका सामग्रीहरू छरिएका थिए।
प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गरिरहेको र प्रारम्भिक रूपमा मोटरसाइकल चालकले लाल बत्ती मिच्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।