न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १० जुलाई। हङकङ-जुहाई-मकाउ पुलको हङकङ प्रवेशद्वारमा आज एक गम्भीर औद्योगिक दुर्घटना भएको छ। सुनहुई रोडस्थित निर्माण स्थलमा दिउँसो २:०२ बजे माथिबाट खसेको एउटा ठूलो स्टील बीमले दुई जना कामदारलाई ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
उद्धारकर्मीहरू घटनास्थलमा पुगेर घाइते कामदारलाई नर्थ लान्ताउ अस्पतालमा उपचारका लागि लगेका छन्। दुर्घटनाको कारण सम्बन्धित विभागले अनुसन्धान गरिरहेको छ।
एक सवारी क्यामेराले दुर्घटनाको क्षण रेकर्ड गरेको थियो, जसमा काम गर्ने प्लेटफर्म अचानक असन्तुलित भएर भत्किएको देखिन्छ । त्यस समयमा एउटा क्रेनले ठूलो स्टील बीम उठाइरहेको थियो र प्लेटफर्म भत्किँदा क्रेन पनि हल्लिएको थियो। क्रेनको नजिकका कामदारहरू भाग्न कोसिस गरेका थिए।
जानकारी अनुसार, मृतक कामदार ४२ वर्षका र घाइते ५२ वर्षका थिए। दुवै वेल्डिङको काम गरिरहेका थिए। काम गरिरहेको बेला माथिबाट लोहाको संरचना भत्किएर त्यसमा भएको स्टील बीम खस्दा दुवै कामदारहरूलाई लागेको थियो।