Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सातौं मिस पूर्वाञ्चलको उपाधि कृतिकालाई (फोटो फिचरसहित) – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सातौं मिस पूर्वाञ्चलको उपाधि कृतिकालाई (फोटो फिचरसहित)

एचकेनेपाल डट कम संवाददाता –
धरान, १२ असार। पूर्वको ठूलो सौन्दर्य प्रतितियोगिता मिस पूर्वाञ्चलको सातौं संस्करणको उपाधि झापा शनिश्चरेकी कृतिका गिरीले जीतेकी छिन्।

धरान सभागृहमा शनिबार साँझ भएको फाईनल प्रतिष्पर्धामा मिस पर्सनालिटीसहित विजेता बनेकी कृतिकाले ताजसहित यामाहाको फेसिनो स्कुटी र युरोएसिया ट्रिप बैंकक टुरको अवसर समेत पाएकी छिन् ।

प्रतियोगिताको उत्कृष्ट पाँचलाई मुख्य निर्णायक सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालाले ‘तपाईले नेपालको राष्ट्रपतिलाई एक घण्टाको लागि भेट्ने अवसर पाउनु भयो भने के विषयमा कुरा गर्नु हुन्छ ?’ भन्ने सामूहिक प्रश्न सोधेका थिए । कृतिकाले ‘भूकम्प पीडितले अहिलेसम्म राहत नपाएको र राहतको आसमा बर्ष वितिसकेकोले उनीहरुलाई तत्काल राहत उपलव्ध गराउन पहल गरिदिनु सल्लाह दिने’ लिखित जवाफ दिएकी थिईन् । उनलाई मिस पूर्वाञ्चल २०१५ले ताज पहिर्याईन् भने मिस नेपाल अस्मि श्रेष्ठलगायतका अतिथिहरुले अन्य पुरस्कार प्रदान गरे।

सिल्भर ईन्टरटेन्मेन्ट र हाईट ईभेन्टले आयोजना गरेको प्रतियोगितामा धरानकी ममता कार्कीले फस्ट रनरअप र धरानकै इक्सा मादेनले मिस चार्मिङसहित सेकेन्ड रनरअप भए । फस्टरनअप कार्कीले नगद ५१ हजार, सेकेन्डरनरअप मादेनले नगद ३१ हजार रुपैया हात पारे।

प्रियारानी लामाले कोरियोग्राफी गरेको प्रतिपर्धामा धरानकै सृजना राना मगर मिस पब्लिक च्वाईस्, सृष्टि आचार्य मिस ट्यालेन्ट, लाहानकी अपेक्षा ढुंगाना मिस फ्रेन्डशीप, पाचथरकी मिरा दुमी राई मिस हेल्दी र धरानकी अस्मिता खड्गी मिस फोटोजेनिक घोषित भए । सब टाईटल विजेताहरुलाई नगद १० हजार रुपैयासहित उपहार प्रदान गरिएको थियो।

पूर्व मिस नेपाल सुविन लिम्बुले सञ्चालन गरेको कार्यक्रममा गायिका प्राश्ना शाक्य र १२ बर्षीय गायक आदर्श अग्रवालले गीत प्रस्तुत गरेर मनोरन्जन दिएका थिए।

आयोजकले धरानमा लागुपदार्थ प्रयोगकर्ताको उपचारकालागि निर्माणाधिन पूर्वाञ्चल आसरा सुधार केन्द्रलाई कार्यक्रमको विक्री भएको टिकटको ५० प्रतिशत सहयोग गर्ने इभेन्ट म्याजेर शौरभ श्रेष्ठले जानकारी दिए।





Comments

comments

Leave a Reply

13227