न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २ अगस्ट । हङकङ मौसम विभागले शनिबार बिहान ब्ल्याक रेनस्टर्म वार्निङ जारी गरेको छ, जुन यस वर्ष दोस्रो पटक जारी गरिएको हो। सर्वसाधारणलाई सम्भावित बाढीको जोखिमको लागि सावधान रहन निर्देशन दिइएको छ।
बिहान ९:४५ मा जारी गरिएको यो उच्च स्तरको वर्षा चेतावनी १ घण्टा भित्र ७० मिलिमिटर भन्दा बढी वर्षा भएको वा हुनसक्ने सूचना दिन्छ। मौसम विभागका अनुसार “पर्ल रिभर डेल्टा नजिकै सक्रिय दक्षिण-पश्चिम मनसुनका कारण तीव्र वर्षा भइरहेको छ।”
हङकङ द्वीपको पूर्वी जिल्लामा विशेष गरी भारी वर्षा भएको र यसले गम्भीर बाढीको खतरा निम्त्याउन सक्ने चेतावनी दिइएको छ। अभिभावक, विद्यार्थी र स्कूल प्रशासनलाई रेडियो वा टेलिभिजन घोषणा सुन्न र ब्ल्याक रेनस्टर्म वार्निङ नहटाएसम्म यात्रा नगर्न सुझाव दिइएको छ।
अपडेटः हङकङ मौसम विभागलेद्वारा सबै वर्षा चेतावनी संकेतहरू हटाइयो
हङकङ मौसम विभागलेले शनिबार अपराह्न ४ बजे सबै वर्षा चेतावनी संकेतहरू हटाएको छ। यसअघि, क्षेत्रका विभिन्न भागहरूमा मुसलधारे वर्षा भएको थियो।