Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
केले रोक्यो सलमानको बिहे? – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

केले रोक्यो सलमानको बिहे?

बलिउड अभिनेता सलमान खान बारम्बार विवाहका कारण चर्चामा आइरहन्छन् । ५० वर्ष पार गरिसकेका यी अभिनेता अझै अविवाहित छन् ।

त्यति मात्र होइन, उनी प्रेममा पनि सधैँ असफल रहिरहे । केही अघिसम्म उनी आफैँले नचाहेकाले विवाह नभएको भन्ने व्यापक चर्चा हुन्थ्यो । तर, कुरा त्यसो रहेनछ ।

यसको खुलासा सलमान आफैँले गरेका छन् । रियालिटी सो ‘सारेगामापा’मा फिल्म ‘सुल्तान’को प्रचार गर्न पुगेका सलमानले आफूले विवाह गर्न चाहे पनि केटी पक्षबाट अहिलेसम्म नमिलेको बताएका छन् । ‘म प्रेमको विषयमा अत्यन्त धेरै अनलक्की रहेछु,’ उनले त्यो कार्यक्रममा भने, ‘म विवाह गर्न पनि तयार छु, तर दोस्रो पक्ष मन्जुर होस् भन्ने चाहन्छु ।’ नयाँपत्रिकामा खबर छ।

सलमानको विवाहको विषयमा बारम्बार समाचारहरू आइरहन्छन् । कतिसम्म भने सलमान र उनकी पूर्वप्रेमिका संगीता बिजलानीको विवाहका लागि निमन्त्रणा कार्डसमेत छापिएको थियो । अहिले सलमान रोमानियाकी मोडल लुलिया वन्तुरसँग सम्बन्धमा छन् ।

लुलियाले सलमानसँग विवाह नगर्ने

एकातिर अहिले सलमान ‘बलात्कृत महिला’बारे अभिव्यक्ति दिएर अलोचित भइरहेका छन् भने उनका प्रशंसकलाई अर्को दु:खको खबर छ । पत्याउनै समस्या पर्ने यो खबर हो– सलमान र लुलिया वन्तुरको विवाह हुँदैन । भारतीय लिडिङ अनलाइनले यो खुलासा गरेको हो ।

सलमानको पारिवारिक स्रोतलाई उल्लेख गर्दै सलमान र लुलिया विवाह गर्ने कुनै योजना नरहेको अनलाइनमा उल्लेख गरिएको छ । यसअघि बारम्बार अन्य मिडियाले सलमानले ५१औँ जन्मदिनको अवसर पारेर विवाह गर्ने दाबी गर्दै समाचार लेखिरहेका थिए ।





Comments

comments

Leave a Reply

13235