पत्नीको हत्या गर्ने पति पक्राउ..

फाईल फोटो

वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घरासयी विवाद हुँदा उनले २४ वर्षीया असपतलीयादेवीको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।

मादक पदार्थ सेवन गरेका जितेन्द्रले पत्नीलाई शनिबार राति मुक्का तथा लठ्ठीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको उनले बताए । रासस





Comments

comments

132351