हङकङका विभिन्न भागमा भारी वर्षा, ११ घण्टापछि हट्यो ब्ल्याक रेनस्टर्म वार्निङ्ग सिग्नल..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ५ अगस्ट । मौसम विज्ञान विभागले मंगलबार दिउँसो ५:०५ बजे काला वर्षा चेतावनी संकेत (ब्ल्याक रेनस्टर्म वार्निङ्ग सिग्नल) हटाएको छ।

बिहान ५:५० बजे जारी गरिएको सर्वोच्च काला वर्षा चेतावनी ११ घण्टा भन्दा बढी समयसम्म लागू रह्यो – यो अहिलेसम्मकै दोस्रो लामो अवधि हो।

सेप्टेम्बर २०२३ मा, मुसलधारे वर्षाका कारण मौसम विज्ञान विभागले १६ घण्टा भन्दा बढी समयसम्म काला वर्षा चेतावनी संकेत जारी गरेको थियो।

मंगलबारको भारी वर्षाले सडकहरूमा बाढी आउने, सवारी साधनमा मानिसहरू फस्ने र धेरै सेवाहरू अवरुद्ध हुने अवस्था सिर्जना गर्‍यो। मौसम पूर्वानुमानकर्ताका अनुसार अगस्ट महिनामा अहिलेसम्मकै उच्च दैनिक वर्षा रेकर्ड गरिएको छ।





Comments

comments

132373