वानचाईमा अमेरिकी नागरिकको भवनबाट खसेर दुखान्त मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ५ अगस्ट । आज बिहान ७:०५ बजे वानचाई क्षेत्रको केनेडी रोड नम्बर ९ मा बाटो हिँड्दै गरेका एक व्यक्तिले रुखमुनि एक टाउकोबिनाको शव फेला परेको प्रहरीलाई खबर गरे। प्रहरी घटनास्थलमा पुग्दा उक्त शवको एउटा खुट्टा सेन्ट फ्रान्सिस कलेज बाहिरको रुखमुनि रहेको फेला पारे।

प्रहरीले शवलाई पालले छोपे र केनेडी रोडको एक भागलाई सील गरी वर्षादमा भिझ्दै हराएको टाउको खोज्न थाले।

प्रहरी अनुसन्धानको क्रममा मुन फुङ टेरेसको एक अपार्टमेन्टमा काम गर्ने घरेलु कामदारले ब्याल्कोनी अचानक खुलेको र तल धेरै प्रहरी रहेको देखेपछि जानकारी लिन गइन्। त्यसपछि उनले पुष्टि गरिन् कि मृतक उनकै अमेरिकी रोजगारदाता थिए।

प्रहरीले सम्बन्धित अपार्टमेन्टमा सुसाईड नोट फेला पारेको छ। हङकङ परिचय पत्रबाहक ५४ वर्षीय अमेरिकी नागरिक शारीरिक बिमारी र जीवनका समस्याहरूबाट चिन्तित भएको र आत्महत्या गरेको अनुमान गरिएको छ।

मृतक भवनबाट खस्दा सम्भवतः टाउको पहिले जमिनमा ठोक्किएको र ठूलो आघातका कारण टाउको शरीरभित्रै पसेको अनुमान गरिएको छ, जसका कारण “टाउकोबिनाको शव” को डरलाग्दो दृश्य देखिएको थियो।





Comments

comments

132376