Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा तेश्रो ‘ मिस्टर माछापुच्छ्रे ‘ शारीरिक सुगठन प्रतियोगिता हुंदै


केशव पाठक / एचकेनेपाल डट कम –

पोखरा, १४ असार । कास्की जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले पोखरामा पश्चिमाञ्चल क्षेत्रिय स्तरिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता २०७३ (तेश्रो मिस्टर माछापुच्छ्रे) आयोजना गर्ने भएको छ ।

संघका अध्यक्ष शंकरमान उदासका अनुसार प्रतियोगिता आगामी भदौ १७ र १८ गते हुनेछ।

खेलको माध्यमबाट स्वस्थ र अनुशासित जनशक्ति उत्पादन गर्ने तथा शारीरिक सुगठन खेललाई थप प्रचार प्रसार गर्ने मूल उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको संघका सचिव उमेश सिकेले जानकारी दिए।

संघका सचिव सिकेका अनुसार प्रतियोगितामा पश्चिमाञ्चलका १ सय भन्दा वढी खेलाडीको सहभागिता रहनेछ ।

पोखरा उद्योग वाणिज्य संघको हलमा हुने प्रतियोगितामा प्रतियोगीहरुले तीन क्याटोगोरीमा प्रतिष्प्रर्धा गर्ने छन। मिस्टर माछापुच्छ्रे मा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी भन्दा माथिका छुट्टा छुट्टै प्रतिष्प्रर्धा हुनेछन् ।

प्रतियोगितामा विभिन्न क्याटोगेरीमा प्रथम हुने खेलाडीले नगद ४ हजार, द्वितीयले ३ हजार र तृतीयले नगद २ हजारका साथमा प्रमाणपत्र र मेडल पाउने छन्।

पश्चिमाञ्चल स्तरिय शारीरिक सुगठन प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख १३ हजार खर्च लाग्ने भएको संघका अध्यक्ष उदासले वताए ।

फाईल फोटो





Comments

comments

Leave a Reply

13246