Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

४ वर्षदखि साउदीमा नेपाली कामदारको शव अलपत्र, अर्का कामदार बन्धक!

सँगै दुर्घटनामा परेर मृत्यु भएकाको शव नेपाल नफर्काएसम्म फर्कन नपाउने भन्दै एक नेपाली कामदारलाई साउदी अरबमा बन्धक बनाएर राखेको पाइएको छ।

चार वर्षअघि दुर्घटनमा परेर बाँचेका इटहरी खनारका मिलन विकलाई अलफराइना कम्पनीले बन्धक बनाएर राखेको खबर कान्तिपुर दैनिकले छापेको छ। उक्त दुर्घटनामा मृत्यु भएका बाँके सीतापुरका हर्षमान खत्रीको शब अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन।

शब नेपाल नफर्काएसम्म फर्किन नपाउने भन्दै विकको पासपोर्ट र अन्य कागजात कम्पनीले नै राखेको छ। विक रोजगारीका लागि साउदी गएको आठ वर्ष नाघिसक्यो।

विकका बाबु धनबहादुरले भने,‘कहिले शब नेपाल आउने हो र मेरो छोरा फर्किन पाउने हो?’ धनबहादुरका अनुसार पछिल्लो चार वर्षयता कम्पनीले मिलनलाई तलब दिएको छैन। उनले भने,‘काम गरेपाबत खान र बस्न बाहेक कुनै सुविधा दिएको छैन।’





Comments

comments

Leave a Reply

13271