Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बसन्तीले दिइन् आफन्तलाई भोज… (फोटो फिचरसहित)


बसन्तीले दिइन् आफन्तलाई भोज

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, पूर्वमिस ट्यालेन्ट हण्ट हङकङ बसन्ती पुनले आफ्ना नजिकका आफन्त र साथीभाइलाई बोलाएर विवाह भोज दिएकी छन्।

करुण गुरुङसंग लामो वर्ष प्रेम सम्बन्ध र ५ वर्ष लिभिङ टुगेदरपछि विबाह गरेकी बसन्तीले जोर्डनस्थित इन्डियन क्लवमा वेडिङ पार्टीको आयोजना गरेर खुशीयाली साटेकी हुन्। हेर्नुहोस् वेडिङ पार्टीका केही फोटोहरुः

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

बसन्तीले बिहे गरेपछि… (फोटो फिचरसहित)
एचकेनेपाल डट कम संवाददाता –
हङकङ, पूर्वमिस ट्यालेन्ट हण्ट हङकङ बसन्ती पुन हालै बिवाह बन्धनमा बाँधिएकी छिन्। विबाहपछि उनी तनावमुक्त भएकी छिन्।

१० वर्षअघि करुण गुरुङसंग डेटिङमा र ५ वर्षदेखि लिभिङ टुगेदरमा रहेपनि चाहेर पनि विविध कारणले उनीहरुको विबाह हुन सकेको थिएन । एक दशक लामो प्रेम विवाहमा परिणत हुन नसक्दा उनी तनावमा थिइन्।

अफिसियल्ली गत अप्रिल ३ तारिख बिबाह गरेपनि धेरैलाई जानकारी नै दिइनन्। अब विस्तारै सबैलाई थाहा दिनु पर्यो भन्दै अगस्त ७ तारिखका दिन विवाह भोजको आयोजना गर्दै छिन्।

बसन्ती मिस ट्यालेन्ट हण्ट २००६ की विजेता हुन् । ट्यालेन्ट हण्टका संस्थापक आयोजकद्वय लक्ष्मी थापा राई र ममिता गुरुङ बेलायत गएपछि उनले पछिल्लो केही वर्ष ट्यालेन्ट हण्ट इभेन्टलाई निरन्तरता दिने प्रयाशसमेत गरेकी थिइन्।

सन् २००६ मै गीति एल्बम सहारामार्फत नेपाली गीतसंगीतमा डेब्यु गरेकी उनी हाल स्थानीय जुबिली कलेज र पो लुङ कोक क्वाई हिङ किन्डरगार्टेनमा अंशकालिक शिक्षिकाका रुपमा कार्यरत छिन्। त्यसै गरी उनले अंग्रेजीमा प्राइभेट अध्यापन र योगा पनि सिकाउने गर्छिन्।





Comments

comments

Leave a Reply

13255