हङकङ फ्ल्याटमा चुरोट सल्केर आगलागीः एक महिलाको मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २४ अगस्ट। हङकङ प्राधिकरणहरूले आइतबार बिहान एक महिलाको धूम्रपान बानीले उनको फ्ल्याटमा आगलागी भएको र सोही कारण उनको मृत्यु भएको विश्वास गरेका छन्।

प्रहरीका अनुसार बिहान ७:४३ बजे चेउङ शा वानको होई ट्याट इस्टेटमा कार्यरत एक सुरक्षा अधिकारीबाट फोन आएको थियो। उनले उक्त भवनको एक युनिटबाट धूवाँ निस्किरहेको जानकारी दिए।

आगलागी नियन्त्रण गर्न अग्निनियन्त्रकहरू तत्काल घटनास्थलमा खटिए। अग्नि सेवा विभागले आगो बिहान ७:५८ बजे पूर्ण रूपमा निभाइएको थियो।

उनीहरू फ्ल्याटमा प्रवेश गर्दा ५९ वर्षीया चाउ थर भएकी महिला बेहोस अवस्थामा र उनको अनुहारमा जलेको चोटसहित फेला परिन्।

उनलाई उपचारका लागि शम शुई पोको कारिटास मेडिकल सेन्टरमा लगिएको थियो, तर पछि उनको मृत्यु भएको घोषणा गरियो।

विभागले प्रारम्भिक अनुसन्धानपछि उक्त महिला धूम्रपान गर्ने बानी भएको र उनको यही बानीले आगलागी निम्त्याएको विश्वास गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।





Comments

comments

132701