कोलोराडोमा नेपालीभाषीको लगानीमा ठूला व्यवसाय धमाधम खुल्दै..

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। मातृभूमिबाट अवसरको खोजीमा अमेरिका आइपुगेका नेपालीभाषीहरूले साना व्यवसाय मात्र होइन, एकपछि अर्को गर्दै ठूला व्यवसायमा पनि लगानी गर्न थालेका छन्।

विशेषगरी नेपालीभाषीहरूको लगानीमा रेस्टुरेन्ट, ग्यास स्टेशन, साना ग्रोसरी पसल र पार्लर व्यवसाय सयौँको सङ्ख्यामा रहेको कोलोराडोमा अब बिस्तारै उनीहरूको ध्यान ठूला व्यवसायतर्फ पनि मोडिन थालेको छ।

यसरी ठूला व्यवसाय खोल्ने क्रममा केही व्यवसायीहरूले अमेरिकाका सबै स्टेटलाई लक्ष्य गरेर व्यवसाय खोलेका छन् भने कसैले कोलोराडोलाई मात्र केन्द्रित गरेका छन्। यसै क्रममा कोलोराडोका दक्षिण एसियाली ग्रोसरी, रेस्टुरेन्ट र क्याटरिङ व्यवसायीहरूलाई लक्ष्य गरी नेपालीभाषीको लगानीमा कोलोराडोको अरोरामा शनिबारदेखि होलसेल पसलको शुभारम्भ गरिएको छ।

अरोरा पार्कर (३०५५ एस पार्कर रोड, अरोरा, सीओ ८००१४) मा रहेको लक्ष्मी फुड्स होलसेल एन्ड रेस्टुरेन्ट सप्लाईको शनिबार बिहान एक समारोहबीच स्वाद, राजा फुड र पटेल ब्रदर्सका प्रोप्राइटर स्वयत्तल पटेलले रिबन काटेर उद्घाटन गरेका हुन्। अरोरा निवासी कृष्ण काफ्लेको लगानीमा खोलिएको यो होलसेल पसल हरेक हप्ता सोमबारदेखि शनिबारसम्म बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खुल्ने र आइतबार बन्द रहने काफ्लेले बताएका छन्।





Comments

comments

132931