रमेश खावाजु –
रिटर्नी सेन्टर नेपाल बागमती प्रदेशको पूर्ण बैठक शनिबार सम्पन्न भएको छ। पूर्ण बैठक भक्तपुरको लोकन्थलीस्थित इन्द्रसान बैंक्वेट एण्ड रेस्टुरेन्टमा बिहान ११ बजे सुरु भएको थियो। पूर्ण बैठकमा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा रिटर्नी सेन्टर नेपालका फ्र्याक्सन इन्चार्ज देबेन्द्र पराजुलीले बागमती प्रदेशको सङ्गठन निर्माणमा जोड दिँदै अब छिट्टै स्थानीय, जिल्ला, र प्रदेश भेला तथा सम्मेलन गर्न निर्देशन दिए।
त्यस्तै, रिटर्नी सेन्टर नेपालका केन्द्रीय अध्यक्ष देबेन्द्र सम्बाहाम्फेले छिट्टै गण्डकी, मधेश, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा पूर्ण बैठक गरेपश्चात् स्थानीय, जिल्ला, र प्रदेश भेला र सम्मेलन गर्ने बताए। अध्यक्ष सम्बाहाम्फेले देशभरि फेरि रिटर्नी सेन्टर नेपालको लहर चल्ने र अर्को वर्ष दोस्रो राष्ट्रिय सम्मेलन गर्ने बताए।
रिटर्नी सेन्टर नेपाल बागमती प्रदेशको कार्यवाहक अध्यक्ष ज्ञानबहादुर तामाङको अध्यक्षतामा भएको पूर्ण बैठकको सञ्चालन बागमती प्रदेश सचिव गान्धीव गौतमले गरेका थिए। सो पूर्ण बैठकमा रिटर्नी सेन्टर नेपालका कार्यवाहक महासचिव निमेष ओली, केन्द्रीय कोषाध्यक्ष धनध्वोज मल्ल ठकुरी, केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारीहरू, र जिल्ला इन्चार्जहरूको उपस्थिति रहेको थियो।