Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मन्त्री नै बेपत्ता भएपछि माओवादीभित्र खैलाबैला

काठमाडौँ । खड्गप्रसाद ओली नेतृत्वको सरकारमा पार्टीको साख उठाउने र जनतामा स्थापित गर्ने लक्ष्यका साथ सरकारमा सहभागी भएको नेकपा(माओवादी केन्द्र)का मन्त्रीहरु नै बेपत्ता हुने गरेपछि सो पार्टीभित्र खैलाबैला मच्चिएको छ।

विशेष गरी आपूर्ति मन्त्री गणेशमान पुन र सामान्य प्रशासन मन्त्री रेखा शर्मा आजकल वेपत्ता भएका छन् । उनीहरु हरेक दिन कहाँ जान्छन्, कसलाई भेट्छन् र के काम गर्छन भन्नेमा पार्टी नेतृत्वलाई कुनै जानकारी नै हुन छाडेको खबर जनआह्वान पत्रिकाले छापेको छ।

मन्त्रालयमा भेटिदैन, पार्टी कार्यालयमा पनि हुँदैनन् आखिर जान्छन् त कहाँ उनीहरु। सेवाग्राही काम लिएर मन्त्रालय जान्छन्, सचिवालयमा रहेका कर्मचारी भेटिदैनन्, उनीहरु कहाँ छन् सो को बारेमा कोही कसैलाई जानकारी हुँदैन। फोन गर्यो, फोन उठ्दैन, स्वकिय सचिवलाई सम्पर्क गर्दा मन्त्रीज्यू व्यस्त हुनुहुन्छ पछि गर्नुस् भन्दै जवाफ आउँछ।

आखिर जान्छन् त कहाँ माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेताहरुले यस्तै चर्चा गर्न थालेका छन । माओवादी अध्यक्ष प्रचण्डलाई समेत जानकारी हुन्न । मन्त्रालयका सचिव हैरान, कर्मचारी हैरान छन् तर त्यसकाबारेमा कोही कसैको पत्तो छैन।





Comments

comments

Leave a Reply

13295